स्मृति नकआउट फुटबलको फाइनलमा बेतना र कुसुमे भिड्दै


बेलबारी / शनिवार स्मृति नकआउट फुटबल प्रतियोगिताकोको फाइनल खेल बेतना फुटबल क्लब, बेलबारी र कुसुमे फुटबल क्लब, केराबारी बिच हुने भएको छ । बिहीबार भएको अन्तिम सेमिफाईनल खेलमा कुसुमे फुटबल क्लब, केराबारीले लेटाङ फुटबल क्लब, टेलाङलाई ३–० को फराकिलो अन्तरले हराएको छ । लेटाङले सक्दो प्रयास गरेता पनि खेलमा गोल विहीन हार स्वकारर्नु परेको थियो ।

पहिलो हाफको ७ मिनेटमा जर्सी नं. १० का खेलाडी भुवन बस्नेतले कुसुमेको तर्फबाट जर्सी नं. ६ का बुद्धिमान राईले हानेको फ्रिकिक बललाई गोलमा परिणत गरेर टिमलाई अग्रता दिलाएका थिए । दोस्रो गोल १७ मिनेटमा बुद्धिमान राईले हानेको फ्रिकिक बललाई नै जर्सी नं. ४ का खेलाडी महेन्द्र कार्कीले गोलमा परिणत गरे पछि लेटाङलाई कुसुमेले दबाब सिर्जना गरेको थियो । दोस्रो गोल गरेको २ मिनेट नपुग्दै जर्सी नं. १० का खेलाडी भुवन बस्नेतले पुनः. गोल गरे पछि कुसुमेले जित सुनिश्चित गरेको थियो । खेलको दोस्रो हाफमा भने दुवै टिमबाट कुनै गोल हुन सकेन ।

अन्तिम सेमिफाईनल खेलमा बुद्धिमान राईको सुन्दर फ्रिकिक बललाई भुवन बस्नेत र महेन्द्र कार्कीले गोलमा परिणत गरे पछि कुसुमे फुटबल क्लब फाइनलमा प्रवेश गर्न सफल भएको छ र शनिवार असोज १३ गते हुने फाइल खेलमा बेतना फुटबल क्लबसँग भिड्दै छ ।

प्रतिक्रिया दिनुहोस्