रौतहटका एक प्रहरी चौकीका इन्चार्ज महिलासँग आपत्तिजनक अवस्थामा पक्राउ


रौतहट, १० असार । रौतहटको एक प्रहरी चौकीका इन्चार्जलाई स्थानीय गाउँलेले महिलासँग आपत्तिजनक अवस्थामा पक्राउ गरेका छन् ।

वसन्तपुर प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक सञ्जीव झालाई गए राति एक महिलासँग आपत्तिजनक अवस्थामा भेटेपछि स्थानीयले घेरा हालेर नियन्त्रणमा लिएका हुन् ।

असई झा राजदेवी नगरपालिका–२ मा एक महिलालाई भेट्न राति पुगेका थिए । सोही ठाउँको एक सामुदायिक भवनमा उनलाई महिलासँग आपत्तिजनक अवस्थामा देखेपछि स्थानीयले घेरेर नियन्त्रणमा लिएका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको छ ।

कोरोनाको संकटमा नागरिक जुधिरहेका बेला जनताको सुरक्षाका लागि खटिनु पर्ने प्रहरी इन्चार्ज नै मध्यराति महिलासँग आपत्तिजनक अवस्थामा पक्राउ पर्नु लज्जाको विषय भएको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटले झामाथि अनुसन्धान अगाडि बढिसकेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्