बेलबारीको आ.व ०७७/०७८ को बजेट १ अर्व १३ करोड ५६ लाख ९,९६५ रुपैयाँ : छाैठाैँ नगर सभा


मोरङ, १० असार । बेलबारी नगरपालिकाको आर्थिक वर्ष ०७७/०७८ को बजेट १ अर्व १३ करोड ५६ लाख ९ हजार ९ सय ६५ रुपैयाँ विनियोजन भएको छ । बेलबारीको छैटौँ नगर अधिवेशनबाट कुल बजेटको चालु कार्यक्रम र प्रशासनिक खर्चका लागि बजेट विनियोजन गरेको हो ।

नगर सभामा उपप्रमुख ढाकाकुमारी पराजुलीले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र विनियोजित बजेट कार्यक्रमको प्रस्तुत गरेकी थिइन । कोरोना भाइरसका कारण गत नयाँ थप कार्यक्रम नल्याए पनि आ.व.कै कार्यक्रमलाई निरन्तर दिए पनि यो बजेटले बेलबारीले स्वास्थ्य तथा कृषिलाई बढी विशेष महत्त्व दिएको छ । नगर अधिवेशनले नगरका गौरवका केही आयोजनाहरूलाई निरन्तरता दिएको छ भने केही नयाँ थप गरेको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताएका छन् ।

चालू आवको बजेटको तुलनामा रु १० करोड ७ लाख ५८ हजार १ सय ६४ अर्थात् ९ दशमलव ७४ प्रतिशतले वृद्धि भएको छ । प्रशासनिक खर्चमा रु ७३ करोड ५१ लाख ९३ हजार १ सय ६० रुपैयाँ अर्थात् ६४ दशमलव ७४ प्रतिशत र पूजागततर्फ रु ४० करोड ४ लाख १६ हजार ८ सय ५ रुपैयाँ अर्थात् ३५ दशमलव २६ प्रतिशत विनियोजित गरिएको छ । आजै बसेको नगर सभाले बन्द मिति २०७७ असार २९ गतेलाई बैठक डाकेको छ ।

बेलबारी नगरपालिकाको गौरवका आयोजनाहरु :

गरिबसँग नगरपालिकालाई निरन्तरता दिँदै विपन्न परिवारलाई बस्तुगत राहत सहयोग तथा सिप क्षमता र सामान्य पुजिको अभावमा जिविको उपार्जन गर्न कठिन भएका ब्याक्तिवा समुहरुलाई उद्यमशीलतामा अग्रसर गराउनका लागि १ करोड ९६ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

कोरोनाका कारण वैदेशिक रोजगारीबाट फर्केका व्यावसायिक सिप र क्षमता भएर पनि व्यावसायिक उद्यममा नलागेका स्थानीय युवाहरूलाई आफ्नै भुभिमा परिश्रम र सहकार्य गराउँदै युवाहरूलाई स्वरोजगार बनाउनका लागि १ करोड रकम विनियोजन गरिएको छ ।

बायेर बोकाको स्रोत केन्द्र बिस्तार गर्नका लागि १ करोड २५ लाख विनियोजन गरेको छ भने नगरपालिकाले ३ महिना भन्दा बढी समय खान नपुग्ने अति विपन्न परिवारका लागि खाद्य सुरक्षा विपत् सहजताका लागि १ करोडको छुटै व्यवस्था गरेको छ । एक वडा एक उत्पादन साहकार तुल्याउन प्रत्येक वडाले न्यूनतम ५ लाख रुपैयाँ र वडाले नै फलफूल उत्पादनमा आत्मनिर्भर बनाउन २ लाख रुपैयाँको बजेटको नगरशभा वाट छुट्ट्याइएको छ ।

कृषिलाई आधुनिकीकरण र ब्याबसायिकरण गर्न प्रोत्साहन गर्दै नमुना कृषि फर्म सञ्चालन गर्ने, चाक्लाबन्दि खेतिगर्ने, बाझो जग्गा राख्न नपाइने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । पशु स्वास्थ्य लाई प्रभावकारी बनाउनका लागि २२ जनालाई पशु प्राविधिक बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

नगरपालिकाले आफ्नो गौरवकै आयोजनाका रूपमा लिभ्रा कम्पनीसँगको सहकार्यमा फोहोरमैला व्यवस्थापन, २४ करोडको लागतमा बेलबारी कम्पेल्कस, रैझार पुल ,अमना सिसौलि परियोजना, बेलबारी बहुमुखि क्याम्पस, रमिते पर्यटकीय क्षेत्र, उज्यालो बेलबारी कार्यक्रम, धनपालगढि, नगरपालिकाको भवन, सौर्य ऊर्जा कार्यक्रमलाई लिएको छ ।

समूह तथा सहकारी सँगको सहकार्यमा फलफूलका बिरुवा उत्पादन गर्न नर्सरी स्थापना गर्ने नगर सभामा प्रस्तुत भएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नीति तथा कार्यक्रममा टिस्युकल्चर ल्याबको स्थापना गरी स्वस्थ बिरुवा उत्पादन गर्ने समेत उल्लेख गरिएको छ ।

स्थानीय मौलिक खानाका प्रजातिहरूलाई उत्पादन प्रवर्धन तथा बजारीकरण र ब्रान्डिङ गर्न पहल गर्ने उल्लेख गरिएको छ । फुल खेतीलाई समेत प्राथमिकता दिइएको छ । औपचारिक तथा अनौपचारिक कार्यक्रममा फुलको प्रयोग गर्दै आयातित खँदा तथा मालालाई विस्थापित गर्ने जनाइएको छ ।

संस्कृति तथा पर्यटन तर्फ

धनपालगढि, रमिते, अमना शिशौलि लाई पर्यटक क्षेत्रको रूपमा विकास गर्न निरन्तरता दिएको छ भने बेलबारी प्रज्ञा प्रतिष्ठान गठन तथा सञ्चालन गरी कला संस्कृति संरक्षण तथा प्रवर्धनमा जोड दिने भएको छ ।

सामाजिक विकास तर्फ (शिक्षा)

स्थानीय भाषाको संरक्षण र उत्थान गर्न आदिवासी जनजातिलाई सम्मान गर्दै धिमाल, थारु, चौधरी, राजबशिं, खवास लगायतका अन्य जातिको स्थानीय भाषामा अध्यापन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रथमजाति, दलित, आदिवासी जनजाति, तथा विपन्न वर्गलाई शिक्षामा पहुँच पु¥याउनका लागि छात्रवृत्तिको व्यवस्थापन गर्ने, सुन्दर र हरित बेलबारीको अवधारणा सहित हरित विद्यालय निर्माणका लागि एक विद्यार्थी एक बिरुवा अभियान सञ्चालन गरिने, सामुदायिक विद्यालयमा अध्ययनरत उत्पीडित असहाय सिमानत्कृत आर्थिक अवस्था कमजोर भएका अल्पसंख्यक तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति कोषको व्यवस्थापन गर्दै दलित, मुसर, डोम, चमार, मुसलमान, आदि जातिका गरिब बिद्यार्थीहरुलाई गरिबसँग नगरपालिका कार्यक्रममा आबद्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

आगामी वर्षको अन्तसम्ममा पूर्ण साक्षर नगरपालिका घोषणा गर्ने । बाल विकास केन्द्रमा शिक्षण गराउने बालशिक्षिकाहरुलाई शिक्षणमा उत्प्रेरित गर्न पोसाक भत्तालाई निरन्तरता दिँदै खाजा भत्ताको समेत व्यवस्थापन गरी विद्यालय कर्मचारीहरूलाई पोसाक भत्ताको व्यवस्थापन गर्ने ।

समूह सुपरिवेक्षण तथा बिशषज्ञबाट २ महिनामा १ पटक विद्यालय र शिक्षाको कक्षाको अवलोकन गर्ने नगर सभामा जनाइएको छ । एउटा छुटै स्थानीय पाठ्यक्रमको निर्माण गरी आगामी शैक्षिक सत्र देखी लागुगरीने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

युवा तथा खेलकुद

खेल क्षेत्रलाई आकर्षित गर्न वडा नगर स्तरीय मेयरकप फुटबललाई निरन्तरता दिँदै वडा स्तरीय उपमेयरकप सञ्चालन गर्दै एक वडा एक आकर्षक खेल मैदानको नितिअनुरुप हरेक वडालाई खेलकुद जोन तोकिने नगर सभामा बताइएको छ ।

नगरस्तरीय राष्ट्रिय मापदन्डको रगशाला निर्माण गर्ने कार्यलाई जोड दिँदै माहिला हरूलाई आत्म सुरक्षा गर्न र आत्मविश्वास बढाउन कक्षा ८ देखी १२ सम्म छाज्ञाहरुलाई खेलकुदका माध्यमबाट किशोरी आत्म सुरक्षा कार्यक्रम लागुगरीने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । युवा वैदेशिक मानसिकता पलायनका लागि १ वडा १० युवा एक उद्यम कार्यक्रम सञ्चालन गर्न आवश्यक प्रकृर्या तथा कानुनी आधार तयार गर्ने समेत जनाइएको छ ।

जनस्वास्थ्य

कोभिड १९ को रोकथाम नियन्त्रणका लागि नगरपालिकाले स्थानीय राजनैतिक दल निजी क्षेत्र सुरक्षा निकाय उद्योग वाणिज्यसंघ लगायत अन्य सरोकारवालाहरू लगायत प्रदेश र सघिय सरकारसँग समन्वय गरी सबै प्रकारका उपयुक्त उपायाहरु अबलब्न गर्दै होल्डीङ एरियालाई समेत व्यवस्थित बनाइने उल्लेख गरिएको छ । प्रथामिक्ताका आधारमा स्वास्थ्य बिमा कार्यक्रमलाई समेत हेरीको छ ।

स्वास्थ्य विमाका लागि प्रत्येक वडामा ५ लाखका दरले बजेट समेत बिनियाजन गरिएको नगर प्रमुख सुवेदीले बताउनु भयो । ११ वटै वडामा आफ्नै भवन बाट स्वास्थ्य सेवा प्रदान गर्ने समेत नगरपालिकाले लक्ष्य लिएको छ केही वडाहरूमा समेत स्वास्थ्य संस्थाको भवनहरू बनिरहेका छन् ।

१५ शैयाको अस्पताल स्वास्थ्यमा सुधारका लागि नेपाल सरकारको नीति अनुरूप नगर क्षेत्रमा एक अस्पताल निर्माणका लागि चालु अब देखिनै सघिय सरकार सँग गरिँदै आएको पहल नतिजामा पु¥याउन विशेष पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

सबै स्वास्थ्य चौकी बाट आधारभूत ल्याब सञ्चालनमा ल्याई एउटा आधुनिक ल्याब समेत स्थापना गर्दै नगर क्षेत्रको वर्थीङ सेन्टरमा सुत्केरीहुने महलिाहरुको लागि शिशु स्याहार भत्ता बापत प्रति सुत्केरी ५ हजार उपलब्ध गराइने नगर सभामा ल्याइएको नीति तथा तथा काय क्रममा उल्लेख छ ।

नगरपालिका क्षेत्रभित्र असाह्य वा बेवारिसे त्यत्तिको मृत्यु भएमा निजको दाहाँसंकार नगरपालिकाले गर्ने तथा शव बहन समेत यसै आव बाट सञ्चालनमा लाइने भएको छ । सर्पदश उपचार केन्द्र स्थापना गरी सञ्चालन गर्दै नगरपालिका स्तरीय फिँजियो थेरापी सेन्टर स्थापना गरिने जनाइएको छ । ५ प्रकृतिका बिरामीलाई दिँदै आएको सुविधालाई निरन्तरता नगरपालिकाले दिएको छ ।

शहरीपुर्वधार विकास भवन तथा अवकाश

विपन्नलाई छानो जस्तापाता कार्यक्रमलाई प्राथमिकता दिएको छ ।सार्वजनिक यातायातको व्यवस्थापनका लागि बसपार्क निर्माण कार्यलाई प्राथमिकता दिई सुरुवात गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सडक कोरिडोर (रिङ रोड) निर्माण कार्यको सम्भाब्ता अध्ययन गर्ने कार्यको थालनी गर्दै नगरपालिकाको स्वामित्व रहेका जग्गाहरूमा आन्तरिक आयबृद्धिका लागि व्यापारिक कम्प्लेक्स निर्माण गर्ने कार्यलाई थालनी गरिने उल्लेख गरिएको छ ।

प्रदेश सरकार सँग साझेदारी गरी सित भन्डार तथा आधुनिक वधशाला निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नगर क्षेत्रभित्रका सार्वजनिक स्थान चौकहरूमा खानेपानी धाराहरू तथा सार्वजनिक शौचालयहरू निर्माण जनाइएको छ ।

मूल सडक, वडा कार्यालय जोडने तथा बाक्लो आवतजावत जोडने सडकहरूको स्तर उन्नति साथै ग्रामणि कृषि सडक सुधार कार्यक्रमलाई निरन्तरता दिइने समेत उल्लेख गरिएको छ ।

खानेपानी ऊर्जा व्यवस्थापन

नगरपालिकाले उज्यालो बेलबारी सञ्चालन गरी घरधुरी सर्वेक्षणका आधारमा अतिबिपन्न परिवारलाई अध्यारोमुत्त बनाउने नीति लिएको छ । ठुला प्रकृतिका सिँचाइका पूर्वदार विकास,डिपबोरीङ,स्यालो ट्युवेल जस्ता पूर्वदार विकासका लागि संघ र प्रदेश सरकार सँग समन्वय गर्ने समेत नगर सभामा पेस गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

२१ वटा सिमसारका रूपमा चिनिएको बेलबारीले नगरपालिका क्षेत्रभित्र रहेका विभिन्न ताल पोखरी र सिमसार क्षेत्रहरूको संरक्षण गरी त्यसलाई पर्यटकीय गन्तव्य स्थल बनाउने तथा ब्याबसायिकरुपमा प्रवर्धन समेत गर्ने नीति नगरपालिकाले लिएको छ ।

बन वातावरण तथा बिपद व्यवस्थापन

निजी क्षेत्रको सहकार्यमा सडकको दुवैतर्फ वातावरण संरक्षण,हरियाली प्रवर्धन तथा नगरको सौन्दर्य कायम गर्न वृक्षारोपण कार्यक्रम मार्फत सफा र हराभरा सडक, स्वच्छ नगर अभियान सञ्चालन गर्ने तथा पानीको स्रोत मुहान, पोखरी, तलाउ ऐतिहासिक सांस्कृतिक तथा धार्मिक सम्पदा एवंम जैविक विविधताको संरक्षण गर्ने समेत नीति तथा कार्यक्रममा उल्लेख छ ।

आगलागी बाट हुने क्षति न्यूनीकरणका लागि प्रभावकारी दमकल सेवाको सञ्चालन र व्यवस्थापन गरिने तथा बिपद न्यूनीकरण र व्यवस्थाका लागि सबेदनशिल रहेका चिसाङ, लोहोन्द्रा केसलिया, बेताना, सिसौले, किस्ती, दार्लोकना, कयर खोला, गयल खोला लगायतका सबै खोला खोल्सीहरुमा तटबन्धन र वायोइन्जिनियरिङ प्रविधिलाई जोड दिने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्