एकै दिन ७० जनाले कोरोना जिते : प्रदेश १ कोरोना अपडेट


विराटनगर , १२ असार । प्रदेश १ बाट बिहीबार ७० जना सङ्क्रमित डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन सेन्टरमा उपचाररत ७० जना डिस्चार्ज भएका हुन ।

डिस्चार्ज हुनेमा मोरङका १२, झापाका २९, सुनसरीका २०, इलामका २, उदयपुरका ४, पाँचथर, भोजपुर र ताप्लेजुङका १–१ जना डिस्चार्ज भएका हुन । बिहीबार डिस्चार्ज हुने जेठ २५ देखि ३० गते सम्म भर्ना भएका १५ देखि ४८ वर्ष उमेर समूहका रहेका छन् । डिस्चार्ज भएकाहरूलाई पूर्वाञ्चल विश्वविद्यालयका चिकित्सा शास्त्र संकायका डिन डा.शैलेशमणि पोखरेल, स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेत लगायतले बिदाइ गरे।

बिहीबार ७० डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ३ सय ५५ पुगेको छ । प्रदेश १ मा आज ७ जना संक्रमित थपिएका छन् । मोरङमा १, सुनसरीमा २ र झापामा ४ रहेका छन् । प्रदेश १ मा संक्रमितको संख्या ५ सय ३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्