विश्वभर कोरोनाबाट ४ लाख ९१ हजारको मृत्यु : संक्रमित ९७ लाख १० हजार २०५ पुग्यो


काठमाडौँ, १२ असार । विश्वभर कोरोना भाइरस कोभिड १९ बाट ४ लाख ९१ हजार भन्दा बढीले ज्यान गुमाएका छन् । ९७ लाख १० हजार २०५ जना कोरोना संक्रमण पुष्टि वोल्र्डओमिटरले गरेको छ ।

वोल्र्डओमिटरले कोरोनाबाट ४ लाख ९१ हजार ७८३ जना मृत्यु भएको जनाएको हो । विश्वमा कोरोनाबाट बढी प्रभावित देश मध्य अमेरिका पहिलो स्थानमानै वोल्र्डमिटरले निरन्तर देखाएको छ । अमेरिकामा २५ लाख ४ हजार ५८८ जना संक्रमित संख्या पुगेको छ भने १ लाख २६ हजार ७८० जनाको मृत्यु भइसकेको छ ।

नेपालको छिमेकी देश भारतलाई वाल्र्डओमिटरले कोरोनाबाट बढी प्रभावित देशमा चौथो स्थानमानै देखाएको छ । एसिया अन्तरगतका देश मध्य भारत पहिलो स्थानमा नै छ । भारतमा कोरोना संक्रमितको संख्या ४ लाख ९१ हजार १७० पुगेको छ भने १५ हजार ३०८ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्