नेपालमा तीन करोड जनसंख्या नाघ्यो


काठमाडौँ, १२ असार । नेपालमा जनसंख्या तीन करोड नाघेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार शुक्रवार नेपालको जनसंख्या तीन करोड नाघेको हो ।

तथ्याङ्क विभागको पछिल्लो विवरण अनुसार नेपालको जनसंख्या तीन करोड ६३४ पुगेको छ । २०६८ सालको जनगणना अनुसार नेपालको जनसंख्या दुई करोड ६४ लाख ५४ हजार पाँच सय चार थियो । १२ औँ राष्ट्रिय जनगणना २०७८ असारमा गर्ने सरकारको तयारी छ ।

यो वैज्ञानिक आधारमा प्रक्षेपण गरिएको जनसंख्या भएको विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताएका छन् । यो घडी २०६८ को जनगणनाको आधारमा सेट गरिएको हो । घडीले जन्मदर, मृत्युदर र बसाइँ सराइ दरको आधारमा जनसंख्या देखाउँछ ।

२०६८ सालको जनगणनाअनुसार नेपालको जनसंख्या दुई करोड ६४ लाख ५४ हजार ५०४ थियो । १२ औँ राष्ट्रिय जनगणना २०७८ असारमा हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्