थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि : नेपालमा संक्रमित १३ हजार २४८ पुग्यो


काठमाडौँ, १५ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४७६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ४७६ जनामा संक्रमण देखिएको हो ।

आज थपिएका ४७६ सहित नेपालमा संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको संख्या ३,१३४ पुगेको छ । कूल संक्रमितमध्ये २८ जनाको मृत्यु भएको छ । प्रवक्ता डा. गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्