नेकपाको स्थायी कमिटी बैठकमा कुर्सीको विवाद


काठमाडौँ, १६ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज (मंगलबार) को स्थायी कमिटी बैठकमा सुरुमै कुर्सीको विवाद उठ्यो ।

बैठकको सुरुवातमै उठेको कुर्सीको विवाद हल गर्न मञ्चमा रहेका शीर्ष नेताहरूलाई पनि अन्य सहभागीसँगै हलमा झारेर कुर्सी व्यवस्थापन गरिएको छ । शीर्ष नेताहरूलाई पनि अन्य सदस्यहरूसँगै राखेपछि तत्कालका लागि देखिएको विवाद हल भएको हो ।

पहिलो दिनको बैठक

स्थायी समितिको यसअघि तीन दिन बसेको बैठकमा दुई अध्यक्षसहित वरिष्ठ नेता, उपाध्यक्ष र सचिवालयका अन्य सदस्यहरू मञ्चमा र स्थायी समितिका सदस्यहरू अलि तल राखिएको थियो ।

दोस्रो र तेस्रो दिनको बैठक

सचिवालय सदस्यहरू मञ्चमा रहे पनि दुई अध्यक्षका लागि र अन्य सदस्यहरूका लागि भिन्दाभिन्दै कुर्सी व्यवस्था गरिएको थियो । यसले नेताहरूबिच विभेद कायम गरेको भन्दै केही नेताहरूले असन्तुष्टि जनाउँदै आएका थिए ।

चौथो दिनको बैठक

आज (मंगलबार) बैठक सुरु भएपछि नेताहरूबिचमै विभेद देखिएको भन्दै एकरूपता कायम गर्न माग भएपछि सबैलाई एकै ठाउँमा राखिएको हो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा सार्वजनिक गरेको तस्बिरमा दुई अध्यक्षसहित वरिष्ठ २ नेता र उपाध्यक्ष एउटै लाइनमा छन् भने सचिवालयका अन्य नेताहरू स्थायी समितिका सदस्यसँगै मिलाइएको कुर्सीमा बसेका देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्