थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि : नेपालमा संक्रमित १३ हजार ५६४


काठमाडौँ, १६ असार । नेपालमा आज (मङ्गलवार) थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ६० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको संख्या ३१९४ पुगेको छ । कूल संक्रमितमध्ये २९ जनाको मृत्यु भएको छ । प्रवक्ता डा. गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ ।

https://youtu.be/aykQlVghhAY

प्रतिक्रिया दिनुहोस्