ओलीलाई प्रचण्डको जवाफ “यसअघि पनि दिल्लीले होइन मैले तपाईँको राजीनामा मागेको हुँ”


काठमाडौँ, १६ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । मंगलबार बालुवाटारमा बसेको पार्टी स्थायी कमिटी बैठकमा प्रचण्डले प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबैबाट राजीनामा दिनुपर्ने माग गरे ।

आइतबार मदन भण्डारीको जन्म जयन्तीको अवसरमा आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा आफ्नो सरकार ढाल्न दिल्ली र आफ्नै पार्टीका नेताहरूले लागेको प्रधानमन्त्री ओलीले बताएका थिए । बैठकमा बोल्दै प्रचण्डले पछिल्लो समय ‘भारतले मलाई हटाउन खोज्दै छ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले पार्टीको प्रतिष्ठा गिरेको बताए ।

एक स्थायी कमिटी सदस्यका अनुसार प्रचण्डले भनेका थिए, ‘यसअघि पनि दिल्लीले होइन मैले तपाईँको राजीनामा मागेको हुँ । आज पनि दिल्लीले होइन म तपाईँको राजीनामा माग्दै छु। तपाईँ प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुहोस् । प्रचण्डले निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ता गराउन निवेदन विषयमा पनि प्रश्न उठाएका छन् ।

बैठकमा बोल्दै वरिष्ठ नेता द्वय माधव नेपाल र झलनाथ खनालले पनि प्रधानमन्त्री ओलीले राजीनामा माग गरेका छन् । बैठकको सुरुमा बोल्दै अध्यक्ष नेता द्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतमले सरकारले प्रधानमन्त्री ओलीले राजीनामा दिएर निकास दिन माग गरेको एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्