कल्पेश्वर शिव मन्दिर समितिद्वारा पिलर तथा पर्खाल निर्माणको आय-व्यय सार्वजनिक


बेलबारी, १६ असार । कल्पेश्वर शिव मन्दिर समितिले पिलर तथा पर्खाल निर्माणको आय व्यय सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै आर्थिक विवरण सार्वजनिक गरेको हो ।

बेलबारी वाड नं. ३ स्थित कल्पेश्वर शिव मन्दिरको नजिक रहेको जमिनमा पिलर तथा पर्खाल निर्माण गरिएको हो । सांसद राजकुमार ओझाको पहलमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, पर्यटन विकास आयोजना प्रदेश नं. १, विराटनगरबाट भएको रु.५ लाख सहयोगले निर्माण कार्य सम्पन्न गरेको कल्पेश्वर शिव मन्दिर समितिका अध्यक्ष सिता सुवेदीले बताएका छन् ।

स्थानीयको श्रमदानसहित पिलर तथा पर्खाल निर्माणमा जम्मा रु.५ लाख ३९ हजार ४५९ खर्च भएको समितिले जनाएको छ । समितिका अध्यक्ष सुवेदीले सांसद ओझालाई पहलको लागि धन्यवाद समेत प्रदान गरेकी छन् ।

कार्यक्रममा समाजसेवी महेन्द्र सुवेदी, बेलबारी वाड नं. ३ का सदस्य विपिन आर्चय, भगवती टोल विकास संस्थाका अध्यक्ष हेमसागर ढकाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्