नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु : मृत्यु हुनेको संख्या ३० पुग्यो


काठमाडौँ, १७ असार । नेपालमा थप एक कोरोना संक्रमितको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अछाम जिल्लाको रामरोसन गाउँपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनको बयालपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । योसहित नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३० पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४८२ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार ४८२ जनामा संक्रमण देखिएको हो । आज थपिएका ४८२ सहित नेपालमा संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १४६२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको संख्या ४६५६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्