कानेपोखरीमा पहिलो पटक एक पुरुषमा कोरोना संक्रमण पुष्टि


कानेपोखरी, १७ असार। पहिलो पटक मोरङको कानेपोखरी गाउँपालिकामा एक पुरुषमा कोरोना संक्रमणको पृष्टी भएको छ । कानेपोखरी गाउँपालिकाले जनसेवा माविको क्वारेनटाइनमा बसेका १४ जनाको मध्ये एक जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

आइतबार गरिएको पिसिआर परीक्षणमा उक्त १४ जना मध्यका वडा नं. ५ का १८ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । वैदेशिक रोजगारमा गएका उनी मलेसियाबाट काठमाडौँ  हुँदै कानेपोखरी बसमा आएको क्वारेनटाइनका व्यवस्थापन समितिका अध्यक्ष खड्ग बस्नेतले जनाएका छन् ।

उनीलाई गोठगाउँको आइसोलेसनमा लाने स्वास्थ्य संयोजक रोहिन्द्र राज भण्डारीले बताएका छन् भने उनीसँग एकै कोठामा बसेका २ जनाको थप परीक्षणको लागी क्वारेनटाइनमै राखिने जनाएका छन् । बाँकी ११ जना भने आज (बुधवार) घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्