बेलबारीमा १५ वर्षका एक युवकले गरे आत्महत्या, शवसँगै सोसाइटनोट भेटियो


मोरङ, १८ असार । बेलबारी नगरपालिका वाड नं. ३ स्थित सुन्दर टोलमा एक युवकले पङ्खा दोरीले पासो लगाएर आत्महत्या गरेका छन् । बिहीबार १५ वर्षीय सन्देश खड्काको शव घरमै पङ्खामा झुन्डिएको अवस्थामा भेटिएको हो ।

गोदावरी स्कुलमा कक्षा १० मा अध्ययनरत सन्देश घरको एक्लो छोरो हुन । प्रहरीका अनुसार उनले बुधवारको मध्यरातमा आत्महत्या गरेको हुन सक्ने बताएका छन् । सन्देशको शवसँगै एक थान मोबाइल र एउटा चिठ्ठी फेला परेको छ ।

सन्देशका बुवा शिव खड्का बेदेशी रोजगारमा साउदीमा छन् भने घरमा आमा र बहिनी छिन । के कारणले सन्देशले आत्महत्या गरे भन्ने खुल्न सकेको छैन । भेटिएको चिठ्ठी पनि रहस्यमय रहेको छ । परिवारलाई र साथीहरूलाई सम्झँदै माफी मागेका छन् । प्रहरीका अनुसार आमालाई परिवारको राम्रो ख्याल राख्न भनी सन्देशले अनुरोध गरेका छन् ।

सन्देशका आमा मञ्जु खड्काका अनुसार दिउसो सम्म हाँसी खुसीनै परिवारसँगै उनी बसेका थिए । सन्देशले आफू सुतेको कोठाबाट मध्यरातमा पूर्व तर्फको कोठामा गएर पङ्खामा झुन्डिएर आत्महत्या गरेको परिवारले जनाएका छन् ।

खाट माथि कुर्सी राखेर, पङ्खामा दोरीले बानेर, दोरीमा पनि कपडाले घाटीमा पासो लगाएर झुन्डिएको अवस्थामा सन्देशलाई कोठा भित्र भेटिएको थियो । घट्नाबारे मध्य रातको करिब २ ः ३० बजे थाहा पाए पछि प्रहरीलाई खबर गरेको स्थानीय टेक बहादुर राई बताउँछन् ।

किन छोराले यसो गरे भन्ने आमा मञ्जु र उनको आफ्नतामा पनि प्रश्न मात्र उत्पन्न भएको छ । के भएर सन्देशले आत्माहत्या गरे ? परिवार, स्थानीय, साथी लगायत सबै अनविज्ञ छन् । शवसँगै चिठ्ठी भेटिए पनि प्रारम्भिक अनुसन्धानबाट सन्देशको आत्महत्याको कारण खुल्न नसकेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्