कोरोना संक्रमित शिशुको मृत्यु


काठमाडौँ, १८ असार । कोरोना संक्रमित ४५ दिने शिशुको उपचारका क्रममा मृत्यु भएको छ ।
त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका उनको बुधवार साँझ मृत्यु भएको अस्पतालका कोभिड संयोजक सन्तकुमार दासले जानकारी दिएका छन् ।

घाँटीमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत उनको शल्यक्रिया अघि परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको बुबा, आमा र फुपुमा कोरोना संक्रमण परीक्षण गर्न नमुना संकलन गरी पठाइएको छ । म्याग्दी घर भएका शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि चिकित्सकहरूले सोमबार आकस्मिक रूपमा घाँटीको शल्यक्रिया (ट्रयाक्टेस्टोमी) गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्