छाला रोगबाट पीडित आस्मा र आर्यलाई फाल्गुनन्द लिङ्देन फाउन्डेसनको आर्थिक सहयोग


बेलबारी, १७ असार । फाल्गुनन्द लिङ्देन फाउन्डेसन नेपालले बेलबारी वाड नं. ९ का आस्मा धिमाल र आर्य धिमालको उपचारको लागि आर्थिक सहयोग प्रदान गरेको छ । जाला रोगबाट पीडित दिदी आस्मा र आर्यलाई रु.२० हजार उपचारार्थ सहयोग रकम फाउन्डेसनले प्रदान गरेको हो ।

धिमाल परिवारको घरमै पुगेर आस्मा र आर्यको स्वास्थ्य अवस्था बुझ पछि फाउन्डेसनले सहयोग गरेको छ । बाल्य अवस्था देखिनै आस्मालाई छालाको रोगले सताएको अहिले उनी करिब २३ वर्ष पुगी सकेकी छिन । आर्य अहिले १२ वर्ष पुगेका छन् ।

आस्माको अवस्था गम्भीर बन्दै गएको छ । भाइ आर्यको भने उपचार गरे चाडै निको हुन सक्ने सम्भावना छ । तर आर्थिक अभावको कारण निरन्तर उपचार गर्न पाइरहेको छैन । अस्मा र आर्यको निरन्तर उपचारको लागि वाड कार्यालयले व्यवस्थापन गर्ने कोसिस गरिरहेको वडा अध्यक्ष नगेन्द्र खड्काले बताएका छन् साथै सहयोगी संस्थालाई धन्यवाद पनि प्रदान गरेका छन् ।

https://youtu.be/qkVs7yn5gW8

प्रतिक्रिया दिनुहोस्