नेपालमा थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित १४,५१९ पुग्यो


काठमाडौँ, १८ असार । नेपालमा थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ ।
बिहीबार नियमित पत्रकार सम्मेलन गर्दै थप नयाँ ४७३ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमित मध्य ३६४ जना पुरुष र १०९ जना महिला रहेका छन् । हाल सम्म कोरोनाबाट नेपालमा कुल १२ हजार ६३६ जना पुरुष र १ हजार ८३३ जना महिला संक्रमित भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा ६६४ जना निको भएर घर फर्केका छन् । निको भएर घर फर्कनेको संख्या ५ हजार ३२० पुगेको छ । अहिले ७७ जिल्लामा कोरोना संक्रमित देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्