बेलबारीको एक घरमा आगलागी : रु.१० लाख बराबरको क्षति


विराटनगर, २० असार । बेलबारी नगरपालिकाको वाड नं. ११ स्थित हरि सुवेदीको घरमा आगलागी भएको छ । प्रहरीका अनुसार शुक्रवार मध्य रात करिब २ः३० बजे आगलागी भएको हो ।

आगलागीबाट करिब रु.१० लाख बराबरको क्षति भए पनि मानवीय क्षति भने नभएको प्रहरीले बताएका छन् । के कारणले आगलागी भएको भन्ने खुल्न नसकेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

आगलागीको खबर आए पछि तत्काल बेलबारी नगरपालिकाको दमकल घटना स्थल पठाएको र सुन्दरहरैचा नगरपालिकाको दमकल पनि बोलाएर समयमा नै इलाका प्रहरी कार्यालय बेलबारी, सशस्त्र प्रहरी लक्ष्मिमार्ग, स्थानीयको सहयोगमा आगो नियन्त्रण गर्न सफल भएको बेलबारी नगरपालिका उपप्रमुख ढाका कुमारी पराजुलीले बताएकी छन् ।

स्थानीयका अनुसार बेलबारीको दमकल समयमा नै घटना स्थल पुगेर कारण आगलागी भएको घर छेउका केही घरहरूमा पनि आगो लाग्न सक्ने सम्भावनाबाट जोगिएको छ । बेलबारीको दमकलले पानी हान्दा हान्दै सुन्दरहरैचाको दमकल पनि ठिक समयमा आइपुगेर आगो नियन्त्रण भएको कारण अन्य ठुलो हुनबाट सुरक्षित भएको स्थानीय बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्