घर आगलागी भएका सुवेदी परिवारलाई बेलबारी नगरपालिकाद्वारा राहत वितरण


बेलबारी, २० असार । बेलबारी वाड नं. ११ का घरमा आगलागी भएका परिवारलाई नगरपालिकाले राहत सामाग्री प्रदान गरेको छ । शुक्रवार मध्य रातमा हरि सुबेदीको घरमा आगलागी भएको थियो ।

आगलागी सुवेदीको रु.१० लाख बराबरको क्षति पुगेको थियो । घरसँगै आगोले सबै खरानी बनाइ दिए पछि । सुवेदी परिवारलाई खान बस्न नै समस्या उत्पन्न भएको छ ।

सोही समस्याको समाधान गर्ने प्रति व्यक्ति भाडा गुडा, भान्सामा खाना पकाउने आवश्यक सामाग्री, ओढ्ने ओछ्याउने कपडा, खाद्यान्न सामाग्री लगायतका आवश्यक सामाग्री नगरपालिकाले वितरण गरेको उपप्रमुख ढाका कुमारी पराजुलीले बताएकी छन् ।

राहत सामाग्री वितरण गर्दै उपप्रमुख पराजुलीले सुवेदी परिवारलाई घर निर्माणको लागि पनि नगरपालिकाले सहयोग गर्ने जनाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्