आज कोरोना संक्रमित १२ जना थपिए, ३६ डिस्चार्ज : प्रदेश १ मा डिस्चार्ज हुने ४५७ पुग्यो


विराटनगर, २० असार । प्रदेश १ मा शनिवार १२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६, झापामा ५ र इलाममा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ३ महिला, २ पुरुष, सुन्दरहरैचामा १ पुरुष, झापाको कचनकवलमा ४ पुरुष , कनकाईमा १ पुरुष र इलामको देउमाईमा १ पुरुष रहेका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ६५ पुगेको छ ।

प्रदेश १ बाट शनिवार ३६ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेन अस्पताल गोठगाउँमा उपचाररत डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेमा मोरङका २४, झापाका ११ र सुनसरीका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । शनिवार डिस्चार्ज हुने १३ वर्षदेखि ६० वर्ष उमेर समूहका रहेका छन् ।

गोठगाउँबाट हाल सम्म १ सय ४६ जना डिस्चार्ज भएको आइसोलेसन अस्पतालका सम्पर्क अधिकृत धरणी निरौलाले जानकारी दिनुभयो । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ४ सय ५७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्