बेलबारीमा दोस्रो कोरोना संक्रमित थपियो


मोरङ, २१ असार । बेलबारीमा कोरोना भाइरस (कोभिड १९) संक्रमित दोस्रो व्यक्ति भेटिएको छ । बेलबारी वाड न. २ का वर्ष ५० का एक पुरुषमा कोरोना संक्रमित देखिएको हो ।

बेलबारी स्वास्थ्य शाखाका अनुसार भारतको पंजाबबाट घर फर्केका उक्त युवक असार १० गते बेलबारी क्वारेनटाइनमा राखिएको थियो । ८ जनाको स्वाब सङ्कलन गरेर असार १९ गते प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाइएको थियो । पिसिआर विधिबाट भएको परीक्षणमा ७ जनाको नेगेटिभ र एक जनाको पोजेटिभ रिर्पोट आएको बेलबारी स्वास्थ्य शाखाले जनाएको छ ।

आज (आइतबार) १६ जनाको स्वाब परीक्षणको लागि पठाइएको बेलबारी स्वास्थ्य शाखाले जनाएको छ । क्वारेनटाइनमा ५० जना रहेको स्वास्थ्य शाखाले जनाएको छ ।
बेलबारी क्वारेनटाइनमा अहिले ६१ जना रहेको स्वास्थ्य शाखाका सन्तोष विश्वकर्माले जनाएका छन् । सन्तोषका अनुसार दोस्रो संक्रमितलाई पनि सुन्दरहरैचा, गोठगाउ कोभिड उपचार केन्द्र पठाउने तयारी भइरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्