आज नेपालमा कोरोना संक्रमित २९३ जना थपिए : संक्रमित संख्या १५,७८४ पुग्यो


काठमाडौँ, २१ असार । नेपालमा आज (आइतबार) थप २९३ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २९३ थपिएसँगै कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जगेश्वर गौतमले आइतबार नियमित प्रेस व्रिफिङमा नयाँ संक्रमितबारे जानकारी गराएका हुन् ।

नेपालका विभिन्न क्वारेनटिनमा ३१ हजार ५७१ जना रहेका छन् । विगत २४ घण्टामा १३२ संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म ६ हजार ५४७ जम्मा कोरोना निको भएर डिस्चार्ज भएका छन् । देशका २५ वटा प्रयोगशालामार्फत कोरोना परीक्षण भइरहेको छ ।

https://youtu.be/Gk02JoX5kNI

प्रतिक्रिया दिनुहोस्