नशालु पदार्थ खुवाएर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ


काठमाडौँ, २१ असार । एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सुरुमा मदिरा खुवाएर पछि नशालु पदार्थ समेत खुवाएर आफूमाथि सामूहिक बलात्कार गरिएको महिलाको उजुरीका आधारमा प्रहरीले गोकर्णेश्वर नगरपालिका बस्ने दोलखाका पासाङ शेर्पा र कागेश्वरी मनोहरा बस्ने सिन्धुपाल्चोकका भुवन विष्टलाई पक्राउ गरेको हो ।

पीडित महिलाले खबर गरे लगत्तै शनिवार राति नै उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी नवीन कार्कीले जानकारी दिएका छन् । पसल सञ्चालन गर्ने महिलाले सँगै बसेर मदिरा सेवन गरेपछि नशालु पदार्थ समेत खुवाएर दुई जनाले आफूमाथि करणी गरेको बताएकी छिन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्