फेरी १९ वर्षीय एक युवतीले फेसबुकमा लाइभ गरेर आत्महत्या गरिन


चितवन, २१ असार । फेरी अर्को एक जना युवतीले फेसबुकमा लाइभ गरेर आत्महत्या गरेकी छन्। चितवनकी एक युवतीले शनिवार राति आत्महत्या गरेकी हुन।

प्रहरीका अनुसार करिब ९ बजेतिर भरतपुरको स्याउली बजारमा १९ वर्षीय युवतीले झुन्डिएर आत्महत्या गरेकी छन् । आत्महत्या किन गरिन भन्ने खुल्न नसकेको प्रहरीले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुभास भट्टका अनुसार उनीले भरतपुरमा बसेर ब्युटी पार्लर र अनलाइन व्यवसायको काम गर्दै आएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्