थप १८० जनामा कोरोना संक्रमण पुष्टि : नेपालमा संक्रमित १५,९६४ पुग्यो


काठमाडौं, २२ असार । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । आज (सोमबार) १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै १५ हजार ९६४ पुगेको हो । आइतबार मात्रै २९२ जनामा कोरोना संक्रमण देखिएको थियो ।

मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेनटाइनमा २९ हजार २१५ रहेका छन् भने आइसोलेसनमा ९ हजार ११८ जनाको उपचार भइराखेको छ । पछिल्लो २४ घण्टामा २५ वटा प्रयोगशालामा ४ हजार ७२१ नमुनाको पीसीआर परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा २६४ थप कोरोना जितेर डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार निको हुनेको संख्या ६ हजार ८११ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्