होमियो चिकित्सकहरूको दर्ता हुनु पर्ने, होमियोप्याथिक सेवा विकासको माग


विराटनगर, २२ असार । प्रदेश १ सरकारलाई होमियो चिकित्सकहरूको दर्ता हुने काउन्सिलको व्यवस्था गर्न सुझाव दिइएको छ ।

सामाजिक विकास मन्त्रालयले गठन गरेको होमियोप्याथिक सेवा विकास तथा विस्तार अध्ययन कार्यदल आज सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई अध्ययन प्रतिवेदन बुझाउँदै कार्यदलले सो सुझाव दिएको हो । कार्यदलले स्वास्थ्यमा मन्त्रालयका साथै सामाजिक विकास मन्त्रालयमा होमियोप्याथिक शाखा कायम गर्नुपर्ने सुझाव दिएको छ ।

होमियोप्याथियक चिकित्सा पद्धतिको छुट्टै नीति र सिद्धान्तको चिकित्सा प्रणाली भएको हुनाले यसको समुचित विकास र विस्तार गर्न विषय विज्ञको आवश्यकता कार्यदलले औँल्याएको छ । प्रदेश १ मा ८० वटा होमियोप्याथिक सञ्चालनमा छन् । सामाजिक विकास मन्त्रालयले प्रदेश १ मा होमियोप्याथिक संस्थाहरूबाट प्रदान हुँदै आएको सेवा, पहुँच, श्रोत साधनको अध्ययन गर्ने कार्य विवरण दिइएको थियो ।

सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक डा.सुरेश मेहताको संयोजकत्वमा ७ सदस्यीय कार्यदलले मन्त्री घिमिरेलाई अध्ययन प्रतिवेदन बुझाएको थियो ।

कार्यदलमा अल नेपाल होमियोप्याथिक एसोसिएसनका अध्यक्ष डा. केपी सुवेदी, नेपाल होमियोप्याथिक चिकित्सक संघ अध्यक्ष डा. रविन्द्र राय लगायत रहनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्