थप २०४ जनामा कोरोना संक्रमण पुष्टि : नेपालमा संक्रमितको संख्या १६,१६८ पुग्यो


काठमाडौं, २३ असार । नेपालमा गएको २४ घण्टामा थप २०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २०४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २०४ जनामा संक्रमण देखिएको हो । आज थपिएका १८० सहित नेपालमा संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ६८८ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको संख्या ७,४९९ पुगेको छ । कुल संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको छ । प्रवक्ता डा. गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा कोरोना संक्रमण फैलिइसकेको जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्