प्रेस युनियन मोरङको पद हस्तान्तरण


विराटनगर : नेपाल प्रेस युनियन मोरङको नव निर्वाचित कार्यसमितिलाई सोमबार पद हस्तान्तरण गरिएको छ ।

निवर्तमान अध्यक्ष मीनकुमार नवोदित श्रेष्ठले एक औपचारिक कार्यक्रमबिच आइतबार अध्यक्ष कुमार लुइँटेललाई पद हस्तान्तरण गरेका हुन । पत्रकार महासङ्घ मोरङको सभाहलमा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेलले बधाई तथा शुभकामना दिदैं अहिलेको चुनौती व्यवसायिकता पत्रकारिताको विकास भएको बताए ।

महासङ्घका महासचिव विवेक गौतमले पेसागत सङ्घ संगठनहरुमा व्यावसायिक पत्रकारलाई समेट्नु पर्नेमा जोड दिए । युनियनका केन्द्रीय उपाध्यक्ष लिलावल्ल्व घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा घिमिरे र महासङ्घ मोरङका बन्धु पोख्रेलले पत्रकारको वृत्ति विकासका लागि महासङ्घले युनियनसँग समन्वय गरेर अघि बढ्ने बताए ।
युनियनको सोमबार नै बसेको पहिलो बैठकले दीपक दाहाल, शङ्कर लुइँटेल, अनन्तराज न्यौपाने, शङ्कर खरेल, शेखर रेग्मी, लिलावल्लव घिमिरे, विनोद भण्डारी, विक्रम निरौला, कुमोद अधिकारी, मीनकुमार नवोदित र दुर्गा खतिवडालाई सल्लाहकारमा मनोनीत गरेको छ । यसै गरी सदस्यमा निर्मल ढुङ्गाना, अनिल बराल, किशोर श्रेष्ठ, हिमांशु राय र राजु बस्नेतलाई मनोनयन गरिएको छ ।

बैठकले एनसी न्युज डेस्क सञ्चालन गर्ने, एक गाउँ एक व्यावसायिक पत्रकारको वृत्ति विकास गर्ने र जनप्रतिनिधि तथा पत्रकार सँगसँगै भन्ने कार्यक्रम चलाउने निर्णय गरेको सचिव गोपाल पोखरेलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्