नेपालीको उद्धारका लागि आज ११ वटा अन्तर्राष्ट्रिय उडान हुने


काठमाडौं, २४ असार । विभिन्न देशमा समस्यामा परेका नेपालीको उद्धारका लागि आज (बुधवार) ११ वटा अन्तर्राष्ट्रिय उडान हुने भएको छ ।

खाडीका देश र मलेसियाबाट विभिन्न पाँच उडानमार्फत नेपाली स्वदेश फर्काउने उडान तालिका छ । युएई र कतारको दोहाबाट केही समयअघि नेपाली लिएर आएको जहाज काठमाडौँमा अवतरण गरेको छ ।

आज कतारको दोहाबाट मात्रै तीन उडानमार्फत नेपाली फर्कने तालिका रहेको विमानस्थल स्रोतले जानकारी दिएको छ । बुधवार हिमालय एअरलाइन्स, नेपाल एअरलाइन्स र कतार एअरवेज नेपाली लिएर आउने छन् । हिमालय एअरलाइन्समार्फत मलेसियाको क्लालाम्पुरबाट नेपाली स्वदेश फर्कँदै छन् ।

आज साउदी, युएई, मलेसियालगायतका देशमा नेपाली लिन जहाज जाँदै छन् । कोरोनाका कारण विदेशमा अलपत्र नेपालीको उद्धार सुरु भएयता २१ हजार बढी धेरै नेपाली स्वदेश फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्