थप २५५ जनामा कोरोना संक्रमण पुष्टि : नेपालमा संक्रमितको संख्या १६,४२३ पुग्यो


काठमाडौं, २४ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २५५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २५५ जनामा संक्रमण देखिएको हो । आज थपिएका २५५ सहित नेपालमा संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २५३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको संख्या ७७५२ पुगेको छ । कुल संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्