नेविसंघको प्रेस विज्ञप्ति : सहसचिव घिमिरे माथि हातपात


अनिल बराल –

बिराटचौक । नेपाल विद्यार्थी सङ्घ सुकुना बहुमुखी क्याम्पस इकाई समितिका सह सचिव निश्चल घिमिरेलाई अनेरास्ववियुमा आबद्ध विद्यार्थीहरूले ज्यान मार्ने उद्देश्यले हातपात गरेको भन्दै नेविसंघले दोषीलाई कारबाहीको माग गरेको छ । नेपाल विद्यार्थी सङ्घ सुकुना बहुमुखी क्याम्पस इकाई समितिले प्रेस विज्ञप्तिमार्फत अनेरास्ववियुमा आबद्ध दोषी विद्यार्थीहरूलाई कारबाहीको माग गरेको हो ।


केही समय अगाडी नेविसंघ क्याम्पस इकाइ समितिले गरेको एक कार्यक्रमको विषयलाई लिएर अनेरास्ववियुमा आबद्ध रहेका विद्यार्थी तथा नेताहरूले नेविसंघको ऐतिहासिक गरिमालाई आँच आउने गतिविधि सामाजिक सञ्जालमा प्रस्तुत गरेको विषयमा विवाद बड्दैजाँदा सान्दर्भिक छलफलका लागी क्यम्पसमा सह सचिव घिमिरेलाई बोलाई हातपात गरेको र क्याम्पसको शैक्षिक बातावरणलाईनै अस्तव्यस्त बनाएकोमा नेविसंघको घोर आपत्ति रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रेस विज्ञप्तिमा अनेरास्ववियु सुकुना क्याम्पस कमिटी सदस्य कमल कार्की लगायतका व्यक्तिहरूको समूहले गुण्डाको शैलीमा ज्यान मार्ने उद्देश्यले घिमिरेमाथि हातपात गरेको र सो घटना व्यक्ति विशेष मात्र नभएर सिङ्गो ने वि सङ्घ माथिको साङ्घातिक आक्रमण भएको पनि जनाइएको छ । क्याम्पस प्रशासन तथा सम्बन्धित निकायबाट दोषीमाथि तत्काल कडाभन्दा कडा कारबाहीको माग नेविसंघले गरेको छ । सभापति विजय तोलाङ्गीले हस्ताक्षर गरेको विज्ञप्तिमा दोषीलाई कारबाही नभए नेविसंघ कठोर कदम चाल्न बाध्य हुने पनि उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्