देशकै उत्कृष्ट हरियाली वनको वृत्तचित्र प्रदर्शन


मोरङ, २५ असार। नेपालकै उत्कृष्ट हरियाली सामुदायिक वन उपभोक्ता समूहको वृत्तचित्र बिहीबार मोरङको पथरीमा प्रदर्शन भएको छ ।

मोरङ पथरी शनिश्चरे नगरपालिका स्थित हरियाली सामुदायिक वन २०७६ मा नेपालकै उत्कृष्ट घोषणा हुँदै वैज्ञानिक वन व्यवस्थापनमा गणेशमान सामुदायिक वन पुरस्कार प्राप्त गरेका थिए । नेपालको संघीय वन मन्त्रालय अन्तरगत वन विभागले प्रत्येक वर्ष उत्कृष्ट वन घोषणा गर्दछ । पथरीको हरियाली वन त्यस अघि पनि राष्ट्र व्यापी सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । नेपालको प्रथम घोषणा भएपछि मेची देखी महाकाली सम्मबाट अध्ययन भ्रमणमा आउने गरेका छन् ।

देशकै उत्कृष्ट सामुदायिक वन हरियालीको ५० मिनेटको वृत्तचित्र “हरियाली वन” निर्माण भएको छ ।

वैज्ञानिक वन व्यवस्थापन, सामाजिक, भौतिक, विकास, गरिबी निवारणको कामहरू, भावी योजना, त्यहाँ पाइने, जंगली जनावर र रुख बिरुवा लगायतको विषय समेटेर वृत्तचित्र निर्माण भएको हो ।

प्रदर्शनपछि सब-डिभिजन वन कार्यालय पथरीका प्रमुख महोमद अलाउदिनले वृत्तचित्र छिमेकी सामुदायिक वनका पदाधिकारीहरू, जनप्रतिनिधिहरू समेत बोलाएर देखाउनु पर्ने बताए ।

वन समूहका अध्यक्ष काबुलबहादुर मगरले वृत्तचित्र राम्रो बनेको भन्दै निर्माण पक्षको प्रशंसा गरे । वृत्तचित्र पुन प्रदर्शन गरिने बताए ।

प्रदर्शन कार्यक्रममा समूहका पूर्व अध्यक्षहरू कर्णबहादुर गुरुङ, देवीप्रसाद भेटवाल, रिता गिरी, वर्तमान पदाधिकारी, सल्लाहकार र दुई सय बढी उपभोक्ताहरू सहभागी रहेका थिए ।

वृत्तचित्रको स्कृप्ट लेखन अर्जुन जम्नेली राई, निर्देशन सन्तोष राई, छायाङ्कन करण धिताल, आवाज प्रस्तुति बबिता राई र दृश्य सम्पादन ईश्वर दुलालले गरेका छन् ।

वृत्तचित्रमा जंगली जनावर, विभिन्न प्रजातिका चराहरू, कछुवा, सर्पहरू र वैज्ञानिकको आकर्षक दृश्यहरू समेटिएको समूहको कार्यालय सचिव लीला गुरुङले बताए ।

समूहले हरियालीकै मातहत रहने गरी हरियाली सामुदायिक वन प्रा.लि. गठन गरेर २० करोडको लगानीमा पर्यटन विकासको लागि पूर्वाधार निर्माण सुरु गरेको छ ।

हरियाली वन, उपभोक्ताहरू, नगरका स्थानीय बासिन्दा, नगरपालिकालाई शेयर रकम संकलन गरेर भौतिक पूर्वाधार निर्माण सुरु गरेको हो । कम्पनीमा पथरी शनिश्चरे नगरपालिकाले चार करोड शेयर लगानी छ ।

मुख्य सडकसँग जोडिएको हरियाली कम्पनीले आकर्षक छहरा, गार्डेन, स्वीमिङ पुल, बोटिङङ तथा पिकनिक स्पट निर्माण गर्दै छ ।
पर्यटनसङै कृषि विकासमा जोड दिने अध्यक्ष मगरले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्