गछिया खोलाको बाध तथा तटबन्ध बाढीले भत्किदा स्थानीय त्रसित


एलएन गच्छदार, २८ असार । अविरल वर्षाको कारणले मोरङको सुन्दरहरैंचाको गछिया खोलामा निर्माण गरिएको बाध तथा तटबन्ध बगाएको छ । ३ करोड लगानीमा निर्माण गरिएको बाध तथा तटबन्धन बढीले बगाएको हो ।

माटो कटानबाट सुरक्षित गर्न तथा खोला छेउको बस्ती जोगाउन गरिएको बाध तथा तटबन्धनै बाढीले भत्काए पछि स्थानीय जनता त्रसित भएका छन् ।
सुन्दरहरैंचा वाड नं. ६ र ७ मा सिँचाई तथा जल प्रकोप उत्पन्न कार्यक्रम अन्तरगत ३ करोडको रकममा बाध निर्माण तथा गछियाको खोलाको तटबन्ध गरिएको थियो । भत्किएको भाग समयमै तटबन्ध गरिएन भने मानव बस्तीलाई क्षति गर्ने छ । वडा ६ का वडाध्यक्ष जीवन कुमार राईका अनुसार बाढीले करिब ४० लाख बराबरको क्षति गरेको छ ।

वडा ३ , ४ , ६ र ७ हुँदै बग्ने गछिया खोलाले बर्खा महिनामा स्थानीयलाई निकै त्रसित बनाउँछ । गत वर्ष आएको बाढीले पनि निकै क्षति भएको स्थानीय बताउँछन् । सुन्दरहरैंचा वडा ६ का स्थानीय वसन्त भण्डारीको घर गछिया खोला नजिकै छ । तटबन्ध सम्पन्न गरे पनि बाढीले भत्काए पछि उनी त्रसित छन् ।

वडा ६ मा पनि गछिया खोला र तेलिया खोलाको बिचमा बाध निर्माण गरी सुरु गरेको तटबन्ध भत्किएको पछि बस्ती नै जोखिममा परेको छ । यदि भत्किएको क्षेत्रको निर्माण र व्यवस्थापन समयमा नै नभए बस्ती नै जोखिममा रहेको स्थानीय कमल अधिकारी बताउँछन् ।

त्यस्तै महेन्द्र राजमार्गसँगै बगेको गछिया खोला पुल नजिक दुवै तर्फ बस्ती छ । पुल पनि जीर्ण बन्दै गएको छ । मनसुनको समयमै सुरु भए पछि अविरल वर्षाले खोलामा तटबन्ध भत्किदा वडा ७ को गछिया बस्ती पनि जोखिममा छ । बाढीले मानव बस्तीलाई क्षति गर्छ भनेर त्रसित बन्दै गरेका स्थानीय क्षेकवार तथा तटबन्ध गर्न बाँस, स्याउलाको प्रयोग गरी बस्ती जोगाउन लागि परेका छन् ।

सुन्दरहरैंचामा गछिया खोला जस्तै बुढिखोला, खादम खोला, लोहन्द्रा लगायत खोलाले समेत मानव बस्तीमा क्षतिसँगै बर्सेनि जग्गा कटान गर्दै आएको छ । यसै गरी वर्षा नरोकिने हो भने विगत वर्ष झैँ बुढी खोलाले मानवीय क्षति गरेको घटना समेत दोहोरिन नसक्ला भन्न सकिन । समयमै सचेत हुन जरुरी छ भने स्थानीय, प्रदेश तथा संघिय सरकारले पनि बाढी नियन्त्रण तथा तटबन्धनका काम समयमै सम्पन्न गर्न सके बस्ती जोखिमबाट बचाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्