लालभित्ती ढल्केजोबन फुटबल प्रतियोगिता सुरु : ३५ वर्ष माथिकाले मात्र खेल्ने


बेलबारी, असोज १६ / मोरङको बेलबारीमा नरेन्द्र स्मृति युवा क्लबको आयोजनामा लालभित्ती ढल्केजोबन फुटबल प्रतियोगिता सोमबार देखी सुरु भएको छ ।

उद्घाटन खेल बेलबारी २ स्थित थापा चौकको खेलमैदानमा सुनगाभा सृजनशील क्लब, सुन्दरहरैचा र पथरी भेट्रान्स क्लब, पथरीसनिश्चरे बिच भएको छ । सो खेलमा पथरीले सुनगाभा सृजनशीललाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको छ ।

पथरीको तर्फबाट संजोग राईले पहिलो आफको ९ मिनेटमा नै गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । सुनगाभा सृजनशीलले भने पहिलो आफमा गोल गर्न सकेन । दोस्रो हाफको २१ मिनेटमा पुन संजोग राईले दोस्रो गोल गरे पछि सुनगाभा सृजनशिलाई दबाब सृजना भएको थियो । जोन सुब्बाले दोस्रो गोल भएको ४ मिनेटको फरकमा तेस्रो गोल गरेका थिए भने बुद्ध बहादुर मगरले तेस्रो गोल भएको ३ मिनेटको फरकमा लगातार चौथो गोल गरेका थिए । सुनगाभा सृजनशीलको तर्फबाट भने खेलको अन्तिम समयमा कुमार राईले १ गोल गरेका थिए ।

प्रतियोगिताको फाइनल खेल असोज ३० गते हुने कार्यक्रम संयोजक टङ्क लिम्बुले जनाएका छन् । लालभित्ती ढल्केजोबन फुटबल प्रतियोगिता ३५ वर्ष माथिका खेलाडीहरू मात्र सहभागी हुन पाउने संयोजक लिम्बुले बताए । उमेर ढल्कीदै गएसँगै शारीरिक ब्यायम तथा खेलहरू खेल्न छोडे पछि रोगले बिस्तारै च्याप्दै जाने भएकोले फुटबल खेल्न पनि नभुल्ने स्वाथ्य पनि हुने भन्ने उदेश्यले प्रतियोगिताको आयोजना गरेको संयोजक लिम्बु बताउछन ।

प्रतियोगितामा उक्तरी मोरङका ८ वटा टिम सहभागी हुने सचिव राजु परियारले जनाएका छन् । नेपालीहरूको महान् पर्व वडा दसैँको पूर्व सन्ध्यामा आयोजना गरिएको हुँदा विजेता टिमलाई ३० केजीको खसी, उपविजेता लाई १५ केजीको खसी, तृतीयलाई १५ केजी कुखुरा साथमा मेडल र प्रमाणपत्र प्रदान गर्ने सचिव परियारले बताएका छन् ।

प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा बेलबारी वाड नं. २ का अध्यक्ष घनश्याम गौतमले गरेका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दौ वाड अध्यक्ष गौतम र वाड नं. २ का खेलकुद संयोजक कृष्ण गुरुङले शुभकामना प्रदान गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य आयोजक समितिका सदस्य कमल सुब्बाले गरेका थिए भने सञ्चालन सचिव राजु परियारले गरेका थिए । उद्घाटन कार्यक्रम आयोजक समितिका संयोजक टङ्क लिम्बुको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्