केराबारीबाट सुरु भयो सृजना यात्रा अभियान : साहित्यकार भूजेललाई सम्मान


केराबारी । जीवन कला र संस्कृतिको फरक अभियान अन्र्तगत हरेक महिना गाउँ गाउँमा साहित्यिक कार्यक्रम गर्दै आएको झोराहट नाट्य कला केन्द्रको नयाँ प्रस्तुति सृजना यात्रा अभियान अन्र्तगत बुधवार केराबारीबाट सुरु गरिएको छ ।

गाउँमा रङ्गमञ्च साहित्य कला र मनोरञ्जनको सङ्गम आरोहण नाट्य समुहकोे पहिलो प्रस्तुति सृजना यात्राको पहिलो सृङखलामा केराबारीका पुराना कवि तथा रचनाकार बलबहादुर भुजेललाई सम्मान गरिएको छ ।

ग्रामीण क्षेत्रमा रहेका साहित्यिक स्रष्टा र लेखकहरूलाई जमघट गराई आफ्नै आँगनमा रचना वाचन र सम्मान गरिने सो कार्यक्रम अन्र्तगत केराबारीका अग्रज साहित्यकार तथा लेखक बलबहादुर भुजेललाई सम्मान गरिएको हो कार्यक्रमका परिकल्पनाकार भरत गुरागाईले बताउनुभयो ।

जीवनको पुर्वाद्ध समय साहित्य तथा रचना क्षेत्रमा लाग्नुभएका भुजेलको दर्जनौँ गीत गजल तथा राष्ट्रिय तथा मोफसलका पत्रपत्रिकाहरूमा प्रकाशित छन् । ५सय भन्दा बढी कविता गजल र मुक्तकहरू रचना गरीसक्नुभएका भुजेलले कार्यक्रममा आधा दर्जन बढी आफ्ना पुराना रचना वाचन गरी दर्शक स्रोतलाई मन्त्रमुग्ध पार्नुभएको थियो । रचना सृजना तथा साहित्यिक गतिविधिमा केही समय विश्राम लिएका भुजेलको कला र सृजनालाई जिबन्तता दिन सृजना यात्रा अभियान अन्र्तगत सम्मान गरिएको हो गुरागाईले बताउनुभयो । लेखक साहित्यकार तथा रचनाकारहरूलाई एकैठाउँमा जमघट गराई अग्रज व्यतिmत्वहरुको सम्मानार्थ सञ्चालित सो कार्यक्रममा विभिन्न कवि तथा साहित्यकारहरूले रचना वाचन समेत गर्ने गर्दछन् ।

स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रममा तथा गजलकार युवराज ठकुरी अज्ञानी,यज्ञ सुवेदी सुसेली,फडिन्द्र प्रसाद सुवेदी,ुसमिर सुवेदी, मोहन बराल नवीन थापा क्षेत्री उमेश लुइँटेल र बरिष्ट नाट्यकर्मी प्रयोग न्यौपाने लगायतले कविता गजल तथा मुक्तक वाचन र नव कलाकार हेम सुवेदीले राष्टिय गीत प्रस्तुत गर्नुभएको थियो । समाज सेवी शिक्षक वासु पौड्यालको सभापतित्व र गाउँपालिका उपप्रमुख शान्ति लिम्बु भुजेलको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा समाजका अग्रज स्रष्टा साहित्यकार शिक्षक बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्