सात करोड ८१ लाख ठगी गरी फरार दमक ७ का मनिष पक्राउ


काठमाडौं, २ साउन । ठगीको मुद्दा दर्ता भएपछि भागिरहेका झापाको दमक नगरपालिका–७ कृष्ण मन्दिरका मनिष अग्रवाल भनेर चिनिने चन्दन जिन्दल पक्राउ परेका छन् ।

झापा, बारा, पर्सा र सर्लाही बस्ने विभिन्न व्यक्तिहरूलाई विभिन्न बहानामा ठगी गरेर भागिरहेका उनलाई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो ।

जिन्दलले झापा, बारा, पर्सा र सर्लाही बस्ने २२ जनासँग सात करोड ८१ लाख ४२ हजार रुपैयाँ ठगी गरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

खाद्यान्न व्यापारीलाई विश्वासमा लिएर उधारोमा खाद्यान्न ल्याइ काठमाडौँका व्यापारीलाई खरिद मूल्यभन्दा पनि सस्तोमा नगदमा बिक्री गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको महाशाखाले जनाएको छ ।

उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको र थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्