प्रदेश १ मा थप १४ जनामा कोरोना संक्रमण पुष्टि : २२ जना कोरोनामुक्त


विराटनगर ३ साउन । प्रदेश १ मा आज १४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ९, ते¥हथुममा २, झापा, इलाम र उदयपुरमा १–१ जना पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङको मिक्लाजुङमा ६ , उर्लाबारीमा २ र बेलबारीमा १ , ते¥हथुमको लालीगुराँसमा २ , झापाको कमल गाउँपालिकामा १, इलामको देउमाईमा १ र उदयपुरको बेल्टारमा १ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय ९० पुगेको छ ।

प्रदेश १ बाट आज २२ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ११ जना, पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन अस्पताल गोठगाउँबाट ६ जना र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ५ जना डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेमा मोरङका ७, झापा र सुनसरीका ६–६ जना, उदयपुर, ते¥हथुम र इलामका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट डिस्चार्ज हुने सबै विराटनगरका रहेका छन् । उनीहरू असार २३ गते अस्पताल भर्ना भएको अस्पताल व्यवस्थापन समितिका सदस्य ध्रुव उरावले जानकारी दिनुभयो ।

प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ७ सय २ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्