बेलबारीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि : संक्रमित संख्या ४ पुग्यो


बेलबारी, ४ असार । बेलबारीमा थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बेलबारी २ र ९ का दुई पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

योसँगै बेलबारीमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । असार ३१ गते विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परीक्षणका लागि पठाइएको १५ जनाको स्वाब नमुनामा शुक्रबार दुई जनाको रिर्पोट पोजेटिभ आएको बेलबारी स्वास्थ्य शाखाले जनाएको छ ।

बेलबारी नगरपालिका स्वास्थ्य शाखाका सन्तोष विश्वकर्माका अनुसार वैदेशिक रोजगारबाट साउदी अरबबाट फर्किएकाका बेलबारी २ का ३२ वर्षीय पुरुष र भारतबाट घर फर्किएका बेलबारी ९ का ५९ वर्षीय पुरुषको रिर्पोट पोजेटिभ आएको हो ।

दुवै जना बेलबारी १० स्थित क्वारेनटिनबाट सुन्दरहरैचा स्थित गोठगाउँ पूर्वाञ्चल विश्वविद्यालयको कोरोना उपचार केन्द्रमा लगिएको बेलबारी स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्