आयोजक टिम सेमिफाईनलमा प्रवेश


बेलबारी, असोज १८ / मोरङको बेलबारी वाड नं. २ स्थित थापा चौकको खेलमैदानमा जारी लालभित्ती ढल्केजोबन फुटबल प्रतियोगिताको तेस्रो दिनको खेलमा विजयी हुँदै आयोजक टिम सेमिफाईनलमा प्रवेश गरेको छ ।

                                                       ( रातो जर्सीमा लालभित्ती भेट्रान फुटबल टिम र निलोमा खदम हिल युवा क्लब, केराबारीको टिम । )

बिहीबार भएको खेलमा खदम हिल युवा क्लब, केराबारीलाई ३–० को अन्तरले पराजित गर्दौ लालभित्ती भेट्रान टिम सेमिफाईनलमा प्रवेश गरेको छ । आयोजक टिमको तर्फबाट जर्सी नं. २१ का खेलाडी सन्तोष चौधरीले खेलको १० मिनेटमा पहिलो गोल गरेका थिए भने पुनः दोस्रो गोल १४ मिनेटमा गर्दौ आफ्नो टिमलाई सेमिफाईनल प्रवेशको लागि सुनिश्चित बनाएका थिए । पहिलो हाफमा खदम हिल युवा क्लबको तर्फबाट गोल हुन सकेन ।

दोस्रो हाफमा थप गरिएको इंजुरी टाइमको १ मिनेट नपुग्दै आयोजक टिमको तर्फबाट जर्सी नं. ८ का खेलाडी निरु लिम्बुले पोस्टमा प्रहार गरेको गोल खदम हिलको खेलाडीले रोक्ने प्रयासमा आफ्नै पोस्टमा डेट गोल गरेका थिए । निरु लिम्बुको प्रहारबाट भएको थप १ गोलले आयोजक टिमको ३ गोल भएको थियो भने खदम हिलले गोल विहीन पराजय स्विकार गरेको छ ।

शुक्रवार बेतना भेट्रान फुटबल क्लब र उर्लाबारी भेट्रान फुटबल क्लब बिच हुने आयोजकले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्