बेलबारीको माटोमा बढी अमिलोपना : उपचारको लागि नगरपालिकाले चुना वितरण गर्ने


बेलबारी, ६ साउन । बेलबारी नगरपालिकाले गरेको परीक्षणबाट माटोमा बढी अमिलोपना भेटिएको छ । कृषि विकास शाखा बेलबारी नगरपालिका अन्तरगत माटो परीक्षण गर्दा बेलबारीको माटोमा अमिलोपना बढी मात्रामा देखिएको हो ।

करिब २०० जना किसानहरूबाट माटो संकलन गरेर माटो परीक्षण गर्दा माटोमा अमिलोपना देखिएको प्रधानमन्त्री रोजगार कार्यक्रम बेलबारीका संयोजक तथा बेलबारी कृषि विकास शाखाका प्रमुख विनोद दाहाले बताएका छन् ।

माटो परीक्षण प्रयोगशाला गर्नलाई उपकरण सहित तयार गरिएको बस, लिएर झुम्काका टोली बेलबारी आएका थिए । उक्त टोलीका माटो परीक्षण प्रयोगशालाका प्राविधिक सहायक महेश सापकोटाका अनुसार परीक्षणबाट माटोको अवस्थाबारे बुझ्न सकिने र सुधार गर्न, के कति मात्रामा चुना प्रयोग गरिने भन्ने सिफारिस गर्न सकिने बताए ।

परीक्षणबाट आएको रिर्पोट र सिफारिसको आधारमा माटोको उपचारको लागि कृषि चुना वितरण गर्ने दाहालले जनाएका छन् । उनले भने, ‘सामान्यतया माटोको पिएच भ्यालु ७ हुनु पर्नेमा त्यो भन्दा कमी देखिएको छ । ७ पिएच भन्दा कम देखिएमा अमिलो पना भन्ने बुझिन्छ । माटोको उपचारको लागि नगरपालिकाले कृषकलाई चुना वितरण सुरु गरेको छ ।’

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत स्थानीयले कामको लागि नगरपालिकामा फर्म भरेको ६ महिना भन्दा बढी समय अवधि सकिदा पनि केही हप्ता मात्र काम गर्न पाएकोमा गुनासो रहेको थियो । तर यस आर्थिक वर्ष देखी भने बेलामै काम दिने दाहालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्