लमजुङको मर्स्याङ्दीमा पहिरो जाँदा १० घर पुरियो


लमजुङ, ७ साउन । लमजुङको मर्स्याङ्दी गाउँपालिका–१ मा पहिरो जाँदा कम्तीमा १० घर पुरिएका छन् । केही दिनयताको अविरल वर्षापछि गएको पहिरोमा परेर १० घर पुरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

हाल नजिकै रहेको इलाका प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको र आफू पनि घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी गंगाबहादुर थापाले बताएका छन् ।

हालसम्म मानवीय क्षति भएको विवरण प्राप्त नभएको उनले बताएका छन् । थापाका अनुसार पहिरो गएका घरका केही मानिस अघिल्लो दिनै सुरक्षित स्थानतर्फ गएका थिए ।

प्रतिक्रिया दिनुहोस्