पहिरोले एक घर बगाउँदा आमाको मृत्यु, छोरी घाइते


स्याङजा, ७ साउन । स्याङ्जामा आज (बुधवार) बिहान पहिरोले एक घर बगाउँदा आमाको मृत्यु भएको छ भने छोरी घाइते भएकी छन् ।

घरमाथिबाट खसेको पहिरोले घर बगाउँदा गल्याङ नगरपालिका–१० गाउँस्वाराकी ५२ वर्षीय माया सारूको मृत्यु भएको स्याङजाका डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिएका छन् । उनकी ३० वर्षीय छोरी नारायणी सारू भने घाइते भएकी छन् ।

नारायणीलाई वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार पश्चात् थप उपचारका लागि पोखरास्थित मोडल अस्पताल पठाइएको उनले बताए । डीएसपी अधिकारीका अनुसार घरमा आमा–छोरी मात्रै बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्