बाझोमा लाखौँको फल फलाउने विनोद, अनि आनन्दित हाँसो


मोरङ ,७ साउन । कागतीको बास्ना उनलाई अधिक मन पर्छ । प्रत्येक फल उनको लागि सुन झैँ मूल्यवान् छ । कागतीबारे उनीसँग बुझ्न चाहे गम्भीर पनि हुन्छ, खुल्ला हाँसोसहित बुझ्न सक्नेसम्म भरिपूर्ण बुझाउँछन् ।

किसानलाई हुने गाह्रो आफुलाईनै भए झैँ ठान्ने उनी, उत्पादन गरेको फल बिक्री नभए ल्याउनुहोस् म बिक्री गर्दिनेछु भन्छन् । उनीसँग कुरा गर्दा मुस्कानलेनै जस्तो सुकै पिडा भुलाइदिने, उनी हुन ५२ वर्षका विनोद कुमार वस्ति । मोरङको लेटाङ नगरपालिकाका विनोद वस्तीको कृषिसँगको प्रेम अधिक रहेको छ ।

मोरङको लेटाङ नगरपालिका निवासी विनोद कुमार वास्तीको वाड नं. ९ स्थित जातेमा बहुउद्देश्यीय कागती फार्म छ । विनोदले आफ्नो फार्ममा कागतीको बोटमा फलेको प्रत्येक फललाई सुन झैँ गर्छन् । उनी आफ्नो पेसामा यसरी रमाएका छन् की, जस बारे शब्दले हैन, उनको मुस्कानले मात्र अर्थाउन सक्छ ।

केही वर्षको राजनीतिज्ञ अनुभव र भिडियो मिक्सीङ पेसाबाट टाढिँदै कागती खेतीमा लागेका विनोद, अहिले कागती मिक्सीङबाट मनग्य आम्दानी गरी रहेका छन् । कागती खेती गर्न चाहनेका लागि मार्ग निर्देशक पनि भएका छन् ।

बाझो खेतमा ७ वर्ष अगाडी कागती खेती सुरु गर्दा फल फल्ला भनेर कसैले नपाताएको उनी बताऊ छन् । भेटघाट गर्न आउनेले उनीलाई केहीन केही त भनेर नै जाने गर्थे । तर ४ वर्षको धैर्यता पछि कागतीको बोटमा फलेको फल देखेर सबै छक्क परे । उनी भन्छन्, सबैले टोपी खोलेर हेर्याे, त्यस्तो अचम्मै गरी फलो । अहिले उनको फार्म नयाँ कागती किसानका लागि अवलोकन केन्द्र बेनेको छ । र उनी कागती विज्ञ ।

अहिले ३ बिघामा ३ हजार भन्दा बढी बोट रहेको छ । कागतीको बिरुवा र अचार पनि उत्पादन गरेर बिक्री गर्ने गर्छन् । उनी यतीमा मात्र सीमित भएका छैनन् । मल पनि उत्पादन गरी रहेका छन् । माइक्रो न्युटन, विषादी, लगायतका मल आफै उत्पादन गर्छन् ।

युइरालाई विस्थापित गर्ने लक्ष्यका साथ आफूले बनाएको मल स्थानीयलाई निःशुल्क वितरण गरी रहेका रहेछन् । उनी आफूले पनि उक्त मल प्रयोग गर्दा बिरुवाको लागि धेरै लाभदायक भएको बताऊ छन् । उनको अर्को योजना ड्राइगङ फुट्रको खेती सुरु गर्ने रहेछ । आफूले उत्पादन गरेको कागती, बजार लगेर बिक्री गर्ने ठाउँ नपाउँदाको विनोदको तितो अनुभव पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्