अनियमितताको आशंका, अधुरो निर्माणमा सम्पन्नको रकम भुक्तानी सिफारिस : सुन्दरहरैचाको विकास निर्माण


सुन्दरहरैचार, ९ साउन । मोरङको सुन्दरहरैंचा नगरपालिकाको विकास निर्माणका कार्यमा विवाद सृजना भएको छ । सुन्दरहरैंचाको वडा नम्बर ३ मा निर्माणाधीन ज्येष्ठ नागरिकको वृद्ध सामुदायिक भवन तथा श्री जनता मा.विको दुई कोठे भवनमा विवाद सृजना भएको हो ।

आर्थिक अनियमितता भएको भन्दै स्थानीयहरू आक्रोशित भएका छन् । कर्मचारीको मिलेमतोमा अनियमितता भएको भन्ने स्थानीयको आरोप रहेको छ । निर्माणाधीन ज्येष्ठ नागरिक भवन, वाड कार्यालयको ठिक सिधा उत्तर तर्फ रहेको छ । कागजमा निर्माण कार्य सम्पन्न छ तर वास्तविक स्वरूप अधुरो छ । वाड अध्यक्षले सम्झौता अनुसारको काम नभएको स्वकार छन् । तर नीतिगत रूपमा नगरपालिकाले सम्झौता अनुसारै काम भएको देखाऊ छ ।

नगरपालिकाको निमित्त प्रशासकीय अधिकृतको भरखरै जिम्मेवारी पाएका धुर्ब भण्डारी यस बारे अनविज्ञ छन् । उनी आफू अनविज्ञ रहेको बताउँछन् । निर्माणाधीन भवनको क्षेत्रफल, छानोमा प्रयोग भएको जस्ताटिन, जिप्सन लगायतका सामाग्री नगरपालिकाबाट प्राप्त गरेको स्टिमेट अनुसारै देखिन्छ । तर पनि भवन निर्माणमा विधि र प्रक्रिया मिलाएरै अनियमितता भएको स्थानीयको दाबी रहेको छ ।

नगरपालिकाले टेण्डर आह्वान गरी चैत्र २० गते सुनसरीको दुहबीमा रहेको सावाना निर्माण सेवासँग सम्झौता गरेको थियो । सावाना निर्माण कम्पनीले पाएको उक्त भवन निर्माण गर्न रु.२७ लाख ७५ हजारमा सम्झौता भएको थियो । लागत अनुमान रु.३२ लाख ६३ हजार ४१९.३ रहे पनि २७ लाख ७५ हजारमा ठेक्का लागेको विवरणमा उल्लेख छ । २५ लाख तराइ मधेस र बाँकी रकम भने नगरपालिकाको रहेको छ ।

स्थानीयको चर्को विरोधसँगै बुधवार सुन्दरहरैचा नगरपालिकाले अनुगमन समेत गरेको थियो । तर अनुगमनको प्रभाव भने शून्य रह्यो । गुनासो अझ बढेर गएको छ । ज्येष्ठ नागरिक परिवारै असन्तुष्ट रहेको ज्येष्ठ नागरिक मञ्च सुन्दरहरैचाकी उपाध्यक्ष माया अधिकारी बताऊ छिन । उनी भन्छिन्, ‘यो भवन बनेको बिलकुलै हामीलाई चित्त बुझेको छैन । म मात्र हैन ज्येष्ठ नागरिक परिवारै असन्तुष्ट छौ।’

वाड नं.३ का अध्यक्ष जीवनप्रसाद ढुङ्गानाले नगरपालिकाले सम्झौता अनुसारको स्टिमेट हेर्न नदिएको आरोप रहेको छ । उपभोक्तालेनै काम गर्न पाउनु पर्छ भन्ने नगरपालिकालाई अनुरोध गरे पनि टेन्डर प्रक्रियामा लगेको उनको गुनासो रहेको छ । सावाना कन्स्ट्रक्सनलाई पहिलो चरणमा फर्काएको उनी बताऊ छन् । तर सम्झौता भइसकेको कारण काम रोकिने भए पछि निर्माण कार्य ठेक्केदारलाईनै सुम्पिनु बाध्य भएको उनी बताउँछन् ।

काम सम्पन्न हुने चरणमा पुगेको अवस्थासम्म स्टिमेट हेर्नै नपाएको ढुंगानाले बताए । ठेकेदारसँग समन्वय गर्न भनेर नगरपालिकाले पठाएको चिठ्ठी बाहेक केही नपाएको उनी बताउँछन् । नगरपालिकाको कागजमा पूर्ण देखिए पनि वास्तविक रूपमा सम्झौता अनुसार काम नभएको उनले बताएका छन् । उनी भन्छन्, ‘स्टिमेटले देखायो भने फरक कुरा हो तर सामान्यतया हेर्ने हो भने रु.१५ देखी रु.१८ लाख सम्मको यतिको भवन बन्छ ।’

ज्येष्ठ नागरिक भवन सम्पन्नको सिफारिस नगरेको ढुंगानाले बताए पनि वडा कार्यालयको आधिकारिक पत्रमा सम्झौता अनुसार काम सम्पन्न भएको भनी भुक्तानीको लागि सिफारिस गरिएको छ । सो काम प्राविधिक शाखा कर्मचारीका अनुसार गरेको उनको भनाइ रहेको छ । प्राविधिक शाखाका कर्मचारी पनि निर्माण कार्य सम्पन्न नभइसकेको नै बताउँछन् । जस कारण अहिले रनिङ बिलको भुक्तानी मात्र दिइएको उनीहरूले जनाए ।

मिति २०७७ असार २४ को भुक्तानी सिफारिस सम्बन्धमाको एक पत्रमा भने सुन्दरहैचा वडा नं. ३ स्थित वृद्ध सामुदायिक भवन सावाना निर्माण सेवा दुहबी ५ का ठेकेदार श्री अबदुल मियाले कार्यालयमा निवेदन पेस गरी नगर कार्यपालिकाको कार्यालयसँग मिति २०७६ चैत २० गते भएको सम्झौता बमोजिमको काम सम्पन्न भएको भनी भुक्तानीको लागि सिफारिस माग गरेकोले प्राविधिक मुल्यांकन, परीक्षण, रकम यकिन तथा भुक्तानी सम्बन्धी कार्य व्यवस्थाका लागि सिफारिस गरिएको उल्लेख गरिएको छ ।

उक्त विषय वाड नं. ३ को वडा कार्यालयको आधिकारिक पत्रमा लेखिएको छ भने वडा अध्यक्ष जीवनप्रसाद ढुंगानाले हस्ताक्षर रहेको छ । यस विवादमा नगरपालिका नै जिम्मेवार हुनु पर्ने ढुंगाना बताउँछन् । तर स्थिानियको मत भने ठेकेदार जिम्मेवार हुनु पर्ने र वडा कार्यालय पनि जबाफदेही हुनु पर्ने रहेको छ ।

श्री जनता मा.विको विवाद

श्री जनता मा.वि को दुई कोठा भवन निर्माणमा पनि विवाद सृजना भएको छ । उक्त भवन निर्माणमा पनि अनियमितता भएको भनी स्थानीयको आरोप रहेको छ ।

विद्यालयका प्रधानाध्यापक होमबहादुर भण्डारीले ४० लाखमा उपभोक्ता समिति मार्फत चार कोठे भवन बनाउने प्रस्ताव राख्दा पनि नगरपालिकाले नदिईकन ठेकेदारलाई ५३ लाखमा दुई कोठे भवन निर्माण गरेर राज्यको बजेट दोहन भएको गुनासो गरेका छन् ।

भण्डारी भन्छन्, ‘प्रदेश सरकारको रु.१० लाख सहयोगमा गत साल मात्र माथिल्लो ताला सोही अनुसारको भवन निर्माण गरेको हौ, उपभोक्ताले ४० लाखमा ४ कोठे भवन सम्पन्न गर्छौ भन्ने हाम्रो सोचाइ थियो ।’ रु.१३ लाखको मतान्तर बताउँदै रु.५३ लाख बराबरको लागतको भवन निर्माण नभएको स्थानीयको आरोप रहेको छ ।

दुवै निर्माण कार्यबारे विवाद चर्की रहँदा सुन्दरहरैचा नगरपालिका प्रमुख शिव प्रसाद ढकाल भने मौन रहेका छन् । नीतिगत रूपमा हुने गरेको अनियमितताको स्थानीयले गरेको दाबी कत्तिको सत्य हो त ? सत्य तथ्यबारे छानबिनको लागि स्थानीय सरकारले पनि गम्भीरताकासाथ चासो दिन आवश्यक देखिन्छ । छानबिनमा अनियमितता भएको पाइए, के कर्मचारी मात्र आरोपित हुने छन् त ? अनियमितता छैन भने सम्बन्धित निकायले जनतालाई स्पष्ट पार्न आवश्यक छ ।

छानबिनमा अनियमितता भएको पाइए के कर्मचारी मात्र आरोपित हुने छन् त ? अनियमितता छैन भने सम्बन्धित निकायले जनतालाई स्पष्ट पार्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्