धादिङमा पहिरोले पुरेर एक जनाको मृत्यु


धादिङ, ९ साउन । लगातारको वर्षासँगै खसेको पहिरोले पुरेर धादिङमा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा थाक्रे गाउँपालिका–६ कार्की गाउँका ५५ वर्षीय सानुबाबु पन्त रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रूपक खड्काले जानकारी दिएका छन् ।

बिहीबार मध्यराति लगातार पानी परेपछि गोठमा भएको रागो फुकाउन जाँदा पहिरोमा परेर उनको मृत्यु भएको हो । पहिरोले गोठ भत्किँदा एउटा राँगो मरेको छ भने अन्नपात समेत पुरिएको छ । मृतकको शव पोस्टमार्टमको लागि गजुरी स्वास्थ्य केन्द्र पठाएको छ ।

धादिङमा एक साताको अवधिमा पहिरोमा परेर पाँच जनाको मृत्यु भएको छ । यसअघि त्रिपूरासुन्दरी गाउँपालिकाका तीन जना र गजुरी गाउँपालिकाका एक जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्