बेलबारी ६ मा पक्की पुल निर्माण सम्पन्न


बेलबारी, ९ साउन / बेलबारी नगरपालिका वडा नम्बर ६ को धैति खोलामा बनेको पक्की पुलको उद्घाटन गरिएको छ । नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले एक कार्यक्रमका बिच उक्त पुलको उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा नगर प्रमुख सुवेदीले उक्त पुलको निर्माण लागत तथा समयलाई हेरेर अन्य वडाहरूले समेत सिक्नु पर्ने बताएका छन् । नगरको विकासका लागि दिनरात नभनी खट्ने भन्दै नगर प्रमुख सुवेदीले उज्यालो बेलबारी र समृद्ध बेलबारी बनाउन सबैको सहयोग रहेको समेत बताए ।

६ नम्बर वडाको ५ लाख नगरपालिकाको ८ लाख लागतमा उक्त पुलको निर्माण गरिएको हो । पक्की पुल निर्माण भएपछि बासको अस्थाई पुलबाट आवत जावत गर्नु पर्ने बाध्यता हटेको छ । पुल निर्माण भएसँगै वडा नम्बर ७ हुँदै विराटनगर सम्म जानका लागि सहज भएको वडा अध्यक्ष उदय बहादुर राई (राजु)ले बताएका छन् । पुल निर्माण भएसँगै स्थानीय बासिन्दा समेत खुसी भएका छन् ।

पहिलेको अवस्था

प्रतिक्रिया दिनुहोस्