अमना सिसौली वनद्वारा वृहत् वृक्षारोपण कार्यक्रम सुरु : खेलाडी मनोज सुवेदी सम्मानित


बेलबारी, १० साउन । अमना सिसौली सामुदायिक वनले यस वर्षको पहिलो कार्यक्रम वृहत् वृक्षारोपण कार्यक्रम सञ्चालन गरेको छ । लोहान्द्राधारलाई बाढीबाट बचाउने उद्देश्यकासाथ ११ प्रजातिका ४९७ बिरुवा रोपिएको हो ।

बेलबारी नगरपालिका वार्ड नं १ को लोहान्द्रधारमा सञ्चालन गरिएको वृक्षारोपण कार्यक्रमको उद्घाटन प्रमुख अतिथि बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुली रहेकी थिइन ।

वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख पराजुलीले लोहोन्द्राबाट स्थानीय जनतालाई सुरक्षित गर्ने काममा नगरपालिका लागिरहेको बताइन ।

सो अवसरमा अमना सिसौलाका अध्यक्ष लीला आचार्यले वनको वार्षिक कार्ययोजना लगायतका विषयमा जानकारी गराएका थिए । आचार्यले यस वर्ष भित्र २ हजार रुखका बिरुवा रोपी सक्ने समेत जनाएका छन् ।

नेपाली काङ्ग्रेस महासमिति सदस्य महेन्द्र सुवेदी, बेलबारी नगरपालिका वार्ड नं १ का अध्यक्ष चक्रबहादुर खुलालले वृक्षारोपण गरेर मात्र नपुग्ने, वृक्षारोपण पश्चात् रोपिएका बिरुवालाई बचाउन लाग्नु पर्ने कुरामा जोडदिएका थिए ।

उक्त अवसरमा शारीरिक सुगठनका बेलबारीका मनोज सुवेदीलाई नगदसहित सम्मान समेत गरिएको छ । कार्यक्रमको सञ्चालन वनका सचिव विन्दुकला गुरुङले गरेकी थिइन ।

बर्सेनि लोहान्दाको कटानबाट पीडित स्थानीयवासीले भने तटबन्धको कार्यक्रमसहित सुरु गरिएको वृक्षारोपणलाई महत्त्वपूर्ण रूपमा लिएका छन् ।

https://youtu.be/wYq0_4ECSr4

प्रतिक्रिया दिनुहोस्