बेतना बचत तथा ऋण सहकारीको २० औ वार्षिक साधारण सभा सम्पन्न


अनिल बराल, बेलबारी । मोरङको बेलबारी नगरपालिका –१ मा रहेको बेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शनिवार वेतना सिमसारको सभाहलमा उक्त सहकारीले आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको हो । सहकारीका अध्यक्ष जगत बहादुर क्षेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिका रूपमा वडा नं १ का वडाध्यक्ष चक्र खुलाल रहेका थिए भने जिल्ला बचत तथा सहकारी सङ्घ मोरङ सह–सचिव विष्णु ओझा विशिष्ट अतिथि रहेका थिए ।

आ.व.२०७४/०७५ को प्रगति विवरण तथा आ.व.२०७५/०७६ को प्रस्तावित कार्ययोजना र आयव्य बजेट सहकारीका अध्यक्ष क्षेत्रीले प्रस्तुत गरेका थिए भने आ.व.२०७४/०७५ को लेखा सुपरीवेक्षण समितिको वार्षिक प्रतिवेदन संयोजक रमेश निरौलाले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा असल बचतकर्ता १ जना र ग्रीनकार्ड प्राप्त गर्ने ४ जनालाई पुरस्कृत गरिएको थियो । सचिव ललित कुमार राईले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष कृष्ण ढकालले स्वागत मन्तव्य राखेका थिए ।

वि. सं. २०५६ सालमा स्थापना भएको सहकारीमा हाल ५ सय ३८ जना शेयर सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्