दुई बालिकामाथि बलात्कारको आरोपमा युट्युबर अर्जुन शिवाकोटी कारागार चलान


काठमाडौं, १३ साउन । दुई बालिकामाथि बलात्कारको आरोपमा आफूलाई विश्व हिन्दु महासंघको पदाधिकारी र युट्युबरका रुपमा आफूलाई चिनाउने अर्जुन शिवाकोटीलाई डिल्लीबजार कारागार चलान भएका छन् । जिल्ला अदालत, काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि उनलाई कारागार चलान गरिएको हो ।

बानियाँटारकी १२ र १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा शिवाकोटीलाई थुनामा पठाउन आदेश भएको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए ।

शिवोकाटीले पीडित बालिकाको परिवारलाई हत्या गर्ने धम्की दिएर करणी गरेको भन्दै उजुरी परेको थियो । शिवाकोटीले प्रहरी प्रशासनसँग समेत राम्रो चिनजान भएको बताएपछि बालिकाका बाबुआमा न्याय खोज्दै महानगरीय अपराध अनुसन्धान महाशाखासम्म पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्