एसपी डिल्लीराज विष्टसहित ८ जना प्रहरीले सफाइ पाए : निर्माला काण्ड


कञ्चनपुर, १५ साउन । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या घटनाको प्रमाण लोप गरेको आरोप मुद्दा लागेका कञ्चनपुरका तत्कालीन प्रहरी अधिकारीले सफाइ पाएका छन् ।

कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित ८ जना प्रहरीविरुद्ध दर्ता भएको सार्वजनिक न्यायविरुद्धको कसूर र यातनासम्बन्धी कसूरमा उनीहरूले जिल्ला अदालत कञ्चनपुरबाट सफाइ पाएका हुन् ।

कञ्चनपुर जिल्ला अदालतका श्रेस्तेदार यदुनाथ शर्माले जिल्ला न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले दुवै मुद्दामा प्रहरी अधिकारीलाई सफाइ दिएको जानकारी दिएका छन् ।

उनीहरुविरुद्ध निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रमाण नष्ट गरेको र हिरासतमा रहेकालाई यातना दिएको भनी मुद्दा परेको थियो । मुद्दा लागेपछि निलम्बित प्रहरीलाई काममा फर्किन बाटो खुलेको छ । तर एसपी विष्ट भने बर्खास्तीमा परेका थिए ।

निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा एसपी विष्टसहित डीएसपी अंगुर जिसी र ज्ञानबहादुर सेटी, इन्सपेक्टर एकीन्द्र खड्का, जगदिश भट्ट, सई हरिसिंह धामी, रामसिंह धामी र हवल्दार चाँदनी साउदले प्रमाण नष्ट गरेको आरोप लागेको थियो । जिल्ला अदालतको यो फैसलासँगै अब उनीहरूलाई काममा फर्काइने प्रहरी स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्